भरतपुर महानगरले आन्तरिक आम्दानी एक अर्ब पु¥याउने

चितवन, १९ चैत / भरतपुर महानगरपालिकाले आउँदो आर्थिक वर्षसम्ममा आन्तरिक आम्दानी एक अर्ब पु¥याउने लक्ष्यका साथ करको दर वृद्धि र दायरा फराकिलो बनाएको जनाएको छ ।
कर बढेको भन्दै चौतर्फी आलोचना खेपिरहेको महानगरले आज यहाँ पत्रकार सम्मेलन गरी विगतको समयमा उपयुक्त मानिएका कतिपय करका दर र दायरा वर्तमान समयमा अव्यावहारिक र अवैज्ञानिक देखिएकाले समय सान्दर्भिक बनाउन करको दर र दायरा बढाएको बताएको हो । महानगरपालिकाकी प्रमुख रेणु दाहालले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्थासमेतलाई आधार मानी व्यवसायको लगानी, पूँजी, व्यवसायको कारोवारका आधारमा केही करका दरलाई मात्रै समयसापेक्ष बनाइएको बताउनुभयो । उहाँले महानगर हुनका लागि आन्तरिक आम्दानी रु एक अर्ब हुनुपर्ने भएकाले आउँदो आवभित्रमा आम्दानी रु एक अर्ब पु¥याइने लक्ष्य लिइएको जानकारी दिनुभयो ।

kqsf/ ;Dd]ng
e/tk’/ dxfgu/kflnsfn] ;f]daf/ dxfgu/kflnsfsf] sfof{nodf cfof]hgf u/]sf] kqsf/ ;Dd]ngdf af]Nb} dxfgu/ k|d’v /]g’ bfxfn . ;fydf pkk|d’v kfjtL zfx / k|d’v k|zf;sLo clws[t k|]d/fh hf]zL , tl:a/M gf/fo0f clwsf/L, lrtjg, /f;;
चालू आवमा व्यवसाय करबाट रु १० करोड, आन्तरिक राजश्वबाट रु सात करोड र आन्तरिक आयबाट रु ५३ करोड गरी रु ७० करोड राजश्व उठाउने लक्ष्य महानगरको छ । गत वर्ष रु २३ करोड ९८ लाखमात्र आन्तरिक आम्दानी भएको थियो । गत वर्ष ११५ क्षेत्रमा कर लगाइएकामा यस वर्ष दायरा फराकिलो पारेर २०८ क्षेत्रमा कर लगाइएको छ । महानगरको चालू आवको बजेट रु तीन अर्ब २५ करोड छ । लामो समय स्थानीय तहमा जनप्रतिनिधि नहुँदा कर्मचारीले जोखिम नलिने भएकाले करको दर र दायरा नबढाएको जानकारी दिंदै प्रमुख दाहालले जनमत प्राप्त जनप्रतिनिधिले महानगरको समग्र विकास आन्तरिक आम्दानीबिना गर्न नसक्ने हुँदा व्यवसाय कर र यसका दायरा तथा शुल्कमा केही हेरफेर मात्र गरिएको बताउनुभयो ।
महानगरका उपप्रमुख पार्वती शाहले निकै मेहनतका साथ करको दायरा बढाएर केही वृद्धि गरिएको बताउनुभयो । उहाँले महानगरले गठन गरेको राजश्व परामर्श समितिले छलफल गरी केही विषयमा थपघट प्रस्ताव गर्न सक्ने उल्लेख गर्नुभयो । (रासस)


प्रतिक्रिया दिनुहोस्