गर्मीमा चीसो पानी पिउनुहुन्छ रु यस्ता छन् बेफाइदाहरु

सोमबार, १९ चैत्र २०७४ / गर्मीको समयमा धेरैको ध्यान चीसो पेय पदार्थहरुमा जान्छ । जसबाट आनन्द पनि आउँछ । तर त्यसबाट स्वास्थ्यमा पार्ने प्रभावका बारेमा भने धेरैले चासो राख्दैनन् । अत्याधिक गर्मी भएको समयमा फ्रिजमा राखिएका अधिकांश पेय पदार्थको प्रयोग गरिन्छ । त्यो आनन्दका हिसाबमा उपयोगी भएपनि स्वास्थ्यका दृष्टिमा भने हानीकारक नै छ । गर्मीमा पनि अत्याधिक चीसो पानी पिउँदा शरीरलाई हानी गर्छ ।

यी हुन् गर्मीको समयमा चीसो पदार्थ खाँदाका हानीहरु:-

पाचन सम्बन्धी समस्या
वरफ तथा चिसो पानीको सेवनले रक्तनली साँघुरिन्छ । यसका कारण पाचन प्रक्रियामा बाधा उत्पन्न हुन्छ र पाचन प्रक्रिया सुस्त हुन्छ । पाचन प्रक्रिया सुस्त बनेपछि शरीरले आवश्यक पोषक तत्व प्राप्त गर्न सक्दैन ।
पाइल्स तथा आन्द्रा सम्बन्धी समस्या
जसरी प्रिmजमा खानेकुरा राखेको केही समयमै जम्ने गर्छ । त्यसैगरी वरफ वा चिसो पेय पदार्थले पेटको फोहर जमाएर कडा बनाइदिन्छ । जसका कारण कब्जियत तथा आन्द्रा सम्बन्धी समस्या निम्तिने गर्छ । साथै भविष्यमा यसबाट पाइल्स, आन्द्रा सम्बन्धी ठूलो समस्याका निम्तन सक्छन् ।
पोषक तत्वको कमी
सामान्यतया शरीरको तापमान ३७ डिग्री हुने गर्दछ । चिसो पानीको सेवन गरेपछि शरीरलाई तापक्रम नियन्त्रण गर्न थप ऊर्जाको आवश्यकता पर्दछ । शरीरले यस्ता ऊर्जा खान पचाउन तथा पोषण तत्वलाई अवशोषित गर्नका लागि प्रयोग गर्छ । परिणाम स्वरूप शरीरमा कमजोरी महसुस हुने गर्छ ।
घाँटीको खसखस
चिसो पेय पदार्थका कारण घाँटी तथा श्वासप्रश्वास नलीमा खकार (म्युकस० जम्मा हुने गर्दछ । उक्त नलीमा खकार जम्मा भएमा यसले श्वासप्रश्वास नलीलाई समेत प्रभावित पार्दछ । जसका कारण घाँटी खसखसाउने, चिलाउनेजस्ता विभिन्न समस्या उत्पन्न हुनुका साथै व्यक्तिलाई बार्‍है महिना रुघाखोकीको समस्या भइरहन्छ ।
धड्कन कम हुने
विभिन्न अध्ययनहरूबाट प्राप्त नतिजाअनुसार वरफ तथा चिसो पेय पदार्थले भेगस तन्त्रिकालाई उत्तेजित पार्दछ । भेगस तन्त्रिका शरीरको महत्वपूर्ण तन्त्रिका मध्यको एक हो, जसले शरीरका अनिच्छित क्रियाकलापलाई रोक्ने गर्छ । भेगस तन्त्रिकाले मुटुको धडकन कम गर्नुका साथै चिसो पेय पदार्थले तन्त्रिकालाई उत्तेजित पार्छ, जसका कारण मुटुको धडकन कम हुने गर्छ ।


प्रतिक्रिया दिनुहोस्