मलेसिया जानेको संख्या बढ्यो फागुनमा मात्र १,०५०५१ जना

काठमाडौँ, १९ चैत /  गत आर्थिक वर्षको तुलनामा यो वर्ष मलेसिया जानेको संख्या बढेको छ । श्रम तथा रोजगार मन्त्रालयको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्म मात्र मलेसिया जानेको संख्या एक लाख पाँच हजार ५१ पुगेको छ । श्रम बजारमा कामदारको माग बढेपछि रोजगारीका लागि मलेसिया जानेको संख्या बढेको मन्त्रालयका प्रबन्ध निर्देशक इन्द्रदेव पाण्डेले बताउनुभयो । “विकसित मुलुकमा श्रमिकको माग कम भएकै कारण विदेश जानेको संख्या पनि कम छ”, पाण्डेले भन्नुभयो ।

                                                                    फाइल तस्विर
मन्त्रालयको तथ्यांकअनुसार मलेसियापछि दोस्रो नम्बरमा कतार छ । कतारमा यो वर्षमात्र ८१ हजार ३६४ जना गएका छन् । आव २०७०÷७१ मा मलेसिया जानेको संख्या दुई लाख १४ हजार १४९ थिए भने आव २०७२÷७३ मा ६० हजार ९७९ मात्र थिए । अघिल्लो वर्षको तुलनामा भने यो वर्ष मलेसिया जानेको संख्या बढी हो । त्यस्तै २०७०÷७१ मा कतार जानेको संख्या एक लाख २८ हजार ८७४ थियो भने आव २०७२÷७३ मा एक लाख २९ हजार ३८ पुगेका थिए । (रासस)


प्रतिक्रिया दिनुहोस्