थ्रीस्टारलाई मदन भण्डारी गोल्डकपको उपाधि , मनाङ फेरि चुक्यो

काठमाडौं, १९ चैत /  मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टारले जितेको छ । चिरप्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीलाई २-१ गोल अन्तरले हराउँदै थ्रीस्टारले उपाधि जितेको हो ।

खेलमा अग्रता भने मनाङले दिएको थियो । सुरुवातै अग्रता लिएको उसले दोस्रो हाफमा त्यसलाई कायम राख्न सकेन । ६९ औं मिनेटमा अनन्त तामाङले बराबरी गोल गरे भने ८२ औं मिनेटमा मार्टिनले विजयी गोल गरे ।


प्रतिक्रिया दिनुहोस्