काउटिन्होको प्रदर्शन सोचे अनुरुप भएको छैन

बार्सिलोना, २० चैत्र  /  बार्सिलोनाले पटक पटकको प्रयास पछि फिलिप्पो काउटिन्होलाई जनवरीमा क्लबमा भित्राउन सफल भएको थियो । तर, उनले अझै अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको टेरी गिब्सनले बताएका छन् । १ सय ४५ मिलियन पाउन्डमा बार्सिलोना पुगेयता उनले १३ खेलमा ३ गोल र २ एसिस्ट मात्र गर्न सकेका छन् ।

ह्यास्ट्रिङ समस्याका कारण उनको डब्यू केही ढिला गरि भएको थियो । ‘इमान्दार भएर भन्नु पर्दा काउटिन्होबाट धेरै आशा राखिएको छ, स्काईका स्पेनिस फुटबल विशेषज्ञ गिब्सनले भने, हो कुनै पनि नयाँ क्लबलाई सेट हुन समयमा लाग्छ । तर उनी जत्तिको अनुभवी खेलाडीबाट बढी आशा हुन्छ । अन्तिम समयमा गोल फर्काउँदै शनिबारको खेलमा सेभिल्लासँगको खेलमा २–२ को बराबरी गरेको थियो । जति बेला टोलीलाई गोलको आवश्यकता थियो त्यस बेलामा ब्राजिलियनबाट अपेक्षा अनुसार प्रदर्शन नभएको बताए ।

मैले त्यो खेल हेरे । लियोन मेस्सी मैदान प्रवेश गरेपछिको खेल नै अर्को भयो,’ उनले भने, हो मेस्सीसँग काउटिन्होलाई तुलाना गर्नु न्यायसंगत हुँदैन । तर उनबाट सबैले अपेक्षा गरेका हुन्छन् । (एजेन्सी)


प्रतिक्रिया दिनुहोस्