मन्त्री पण्डितमाथि कर्मचारीको दबाब, स्वेश्छिक अवकास रोके आन्दोलन गर्ने चेतावनी

काठमाडौं, २० चैत / निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले स्वेश्छिक अवकास रोके आन्दोलन गर्न सक्ने चेतावनी दिएको छ । यूनियनले हिजो संघीय मामिला तथा सामन्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई ध्यानाकर्षण पत्र बुझाउँदै स्वेश्छिक अवकास रोके आन्दोलन गर्ने चेतावनी दिएको हो ।

प्रधानमन्त्री केपी ओली र सामन्य प्रशासनमन्त्री पण्डितले स्वेश्छिक अवकास रोक्ने अभिव्यक्ति दिएपछि कर्मचारीहरुले दबाबको राजनीति थालेका हुन् ।
कर्मचारीलाई सरकार र ‘छाया’ सरकारको भिन्दाभिन्दै निर्देशन, अब के हुन्छ ? ‘ऐन-कानुन विपरित निर्णय भएमा अन्य आबश्यक कार्यक्रममार्फत अगाढि बढ्न आधिकारिक ट्रेड यूनियन बाध्य हुने कुरा यसै ध्यानाकर्षण पत्रमार्फत अनुरोध गर्दछौँ ।’ पत्रमा भनिएको छ ।

स्वेच्छिक अवकास रोक्न आउन सक्छन् यस्ता चुनौती

सरकारले स्वेश्छिक अवकासको नीति अगाडि सारेपछि विभिन्न तहका नौ हजार ६ सय ५६ कर्मचारीले स्वेश्छिक अवकासका लागि निवेदन दिएका थिए ।

उनीहरुको निवेदनमाथि मन्त्रालयको काम अगाडि बढाईरहेका बेला ओली नेतृत्वको सरकारले स्वेश्छिक अवकास रोक्ने संकेत गरेका थिए । स्रोत–रातोपाटी


प्रतिक्रिया दिनुहोस्