कपिलको जन्मदिनमा सुनिलले बढाए मित्रताको हात

काठमाडौं, २० चैत / कपिल शर्मा र सुनिल ग्रोभरका बीच कहिले लडाईं अनि कहिले मित्रताको खबरले भारतीय टेलिभिजन जगत तातिरहन्छ । केही समयअघि दुवैको नयाँ शो आउँदा ट्विटरमा ससानो लडाईं भएको थियो । तर, सोमवार कपिलको जन्मदिनमा शुभकामना दिएर सुनिलले मित्रताको हात अघि बढाउने संकेत दिएका छन् । सोमवार कफि ३७ वर्षका भए । सुनिलले कपिललाई भाइ सम्बोधन गर्दै लेखे, ‘जन्मदिनको शुभकामना कपिल शर्मा, ईश्वरले तपाईंलाई स्वस्थ र खुशी राखून् । प्रेम तथा शुभकामना कपिलको जन्मदिनमा सुनिलले बढाए मित्रताको हात !’

कपिलको नयाँ शो फ्यामिली टाइम विद कपिल शर्मा शुरू हुनुभन्दा ठीक अघि दुवैका बीच ट्विटरमा झगडा भएको थियो । कपिलले सुनिललाई १०० चोटि फोन गरेको र घरमा पनि भेट्न गएको लेखे । यसको जवाफमा सुनिलले लेखे, ‘म तपाईंको शोमा किन नफर्केको भन्ने त सबैलाई थाहै छ । म यो शोको कुरा गरिरहेको छु, अनि तपाईं चाहिँ पुरानो कुरा झिकेर रोइरहनुभएको छ । तपाईंले गरेको दुर्व्यवहारको कुरा बाहिर नआओस् भनेर म एक वर्षसम्म बोलिनँ । हामी दुईले सँगै मिलेर धेरै राम्रा कामहरू गरेका छौं । नयाँ शोका लागि शुभकामना !’


प्रतिक्रिया दिनुहोस्