‘घरजम’ अब क्यानडामा

काठमाडौं। नेपाली मौलिक कथानक चलचित्र ‘घरजम’ क्यानडाको काल्गेरीमा प्रदर्शन हुने भएको छ । याक्थुङ इमर्जेन्सी रिलिफ फन्डको आयोजनामा याक्थुङ चुम्लुङ एसोसिएसन काल्गेरी र किरात याक्थुङ चुम्लुङ काल्गेरीसंग सहकार्यमा क्यानडाको ग्लोब सिनेमा हलमा प्रदर्शन हुन लागेको हो ।

चलचित्र प्रदर्शन आसोज ‌‌‌‌‌२ गते आइतबार हुने छ । चलचित्र पदर्शनबाट उठेको रकम मध्ये केही रकम याक्थुङ आपतकालिन राहत कोषमा जम्मा गर्ने निर्माता किशोर कुमार लिम्बूले बताए । रोमियो फिल्मस् प्रा। लि। को ब्यानरमा बनेको फिल्मका निर्माता किशोर कुमार लिम्बू सँगै सीता कुमारी तुम्बापो पनि हुन् ।

फिल्ममा भरतमणी पौडेल, बुद्धी तामाङ, सिर्जना सुब्बा, यासेली योङहाङ, लक्ष्मी योङहाङ, रबी शेर्मा, किशोर कुमार लिम्बू, हेमराज अन्छङ्गबो, कुशल थलङ, सुस्मा लिम्बू, ईसिका जबेगु, सीता कुमारी तुम्बापो, आयुषा लिम्बुखिम, जीवन भट्टराई, शैलेन्द्र थेबे, नुनाम केरुङ, दिनेश माङमु, बिरेन्द्र खाम्दाक, सञ्जय निङलेकु र मनु थक्लुङ आदिको अभिनय रहेकोछ ।

मौसम लिम्बुले निर्देशन गरेको चलचित्रलाई युवराज राइले छायांकन गरेका छन् भने फिल्मको कथा उपेन्द्र सुब्बाले लेखेका हुन् ।


प्रतिक्रिया दिनुहोस्