भूकम्प पीडितको दोस्रो किस्ताको म्याद असार मसान्तसम्म थप

काठमाडौं,२० चैत । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरणको म्याद असार मसान्तसम्म थप गरेको छ । आज बसेको बैठकले दोस्रो किस्ताको लागि म्याद तीन महिना थप गरेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ युवराज भुसालकाअनुसार यसअघि दोस्रो किस्ताको म्याद चैत मसान्तसम्म तोकेको थियो । बैठकले कार्यविधिलाई संशोधन गरेर अनुदान वितरण प्रक्रियालाई सहज बनाउने निर्णय गरेको छ । हालसम्म भूकम्प पीडितहरु मध्ये १ लाख १४ घर बनिसकेका छन् भने ३ लाख ९० हजार घरहरु निर्माणाधीन छन् ।भूसालका अनुसार आगामी असारसम्म ४ लाख ५० हजार घर निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ ।


प्रतिक्रिया दिनुहोस्