इसीएसले ल्यायो संसारकै सबैभन्दा सानो कम्प्युटर

एजेन्सी, २० चैत /  ताइवानको एलाइट ग्रुप कम्प्युटर सिस्टम्स (इसीएस) ले संसारको सबैभन्दा सानो विन्डोजमा आधारित मिनी पीसी ‘लिभा क्यू’ भारतको बजारमा ल्याएको छ ।भारतमा यसको मूल्य करबाहेक १५ हजार ५ सय भारु पर्नेछ । यो पीसी आधुनिक इन्टेल अपोलो लेक एसओसी प्रोसेसर, ४ जीबी र्‍याम, ३२ जीबी ईएमएमसी एटोरेज र एचडीएमआई २.० बाट सज्जित छ । यसले ४ के कन्टेन्ट प्लेब्याकलाई सपोर्ट गर्छ ।

साथै यसमा ड्यूल नेटवर्क विकल्प, स्ट्यान्डर्ड आरजे ४५ लेन कनेक्टर, ८०२.११ एसीप्लस ब्लुटुथ, ४.१ वायरलेस कनेक्सनका साथ अनेक्टिभिटीको राम्रो विकल्प यसले प्रदान गर्छ । यसको माइक्रो एसडी कार्डले स्लट १२८ जीबीसम्मको मेमोरी कार्डलाई सपोर्ट गर्छ । यो सानो पीसीको तौल केवल २ सय ६० ग्राम छ भने साइज ७० र ७० र ३१.४ एमएम रहेको छ ।

यो पीसीलाई खल्तिमा बोकेर हिँड्न मिल्छ । यो विल्डोज १० अपरेटिङ सिस्टममा चल्छ । यसमा अगाडिपट्टी एउटा माइक्रो एसडी कार्ड स्लट छ जसले १ सय २८ जीबीसम्म स्टोरलाई सपोर्ट गर्ने कम्पनीको दावी छ ।यो डिभाइसले प्रयोगकर्तालाई एकैसाथ दुई नेटवर्क विकल्पहरुमा सम्पर्कमा रहन अनुमति दिन्छ ।


प्रतिक्रिया दिनुहोस्