प्रधानमन्त्री ओलीको भारत भ्रमण मन्त्रिपरिषदद्वारा स्वीकृत, भ्रमण दलमा तीन मन्त्री समेत रहने

काठमाण्डौं, चैत २०/ मन्त्रिपरिषदको बैठकले यही चैत २३ गते हुन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई स्वीकृत गरेको छ। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गर्नुका साथै भारत भ्रमण दलमा तीन मन्त्री सहभागी हुने निर्णय समेत गरेको हाे। भ्रमणमा परराष्ट्रमन्त्री अनिवार्य रहेपनि अन्य दुई मन्त्रीहरुको बारेमा भने टुंगो लागेको छैन।

बैठकले चिकित्सा शिक्षा र बेपत्ता छनबिनसम्बन्धी विधेयक आज संसदमा टेबल गर्ने निर्णय गरेको छ। त्यस्तै भुक्तानी प्रणाली व्यवस्थित गर्न भुक्तानी तथा फर्स्योट विधेयकसम्बन्धी अर्थ मन्त्रालयको प्रस्ताव समेत बैठकले स्वीकृत गरेको छ।त्यस्तै बैठकले एडिबीको १ करोड डलर अनुदानलाई स्वीकृति प्रदान गर्नुका साथै अन्तरिम जिल्ला शिक्षा समन्वय इकाई असार मसान्तसम्म राख्ने समेत निर्णय गरेको छ।

 


प्रतिक्रिया दिनुहोस्