रियल मड्रिडलाई बार्यनका प्रशिक्षकले दिए रोबर्ट लेवान्डोस्कीमाथि आँखा नलगाउन चेतावनी

काठमाडौं, २० चैत / बार्यन म्युनिखका प्रशिक्षक जप हिनिक्सले आफ्ना खेलाडी रोबर्ट लेवान्डोस्कीमाथि आँखा नलगाउन रियल मड्रिडलाई चेतावनी दिएका छन् । पछिल्लो समय लेवान्डोस्की रियल मडि्रड जाने चर्चा चलेको छ । लेवान्डोस्कीले मड्रिडका प्रतिनिधिसँग धेरै पटक कुराकानी गरेको र बार्यन छाड्न तयार भएको बताइएको छ ।

तर, हिनिक्सले उनी विक्रीमा नरहेको भन्दै लेवान्डोस्कीका लागि समय बर्बाद नगर्न रियल मड्रिडलाई भनेका छन् । जर्मन क्लब बार्यनले च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा नेपाली समयअनुसार बुधबार राति साढे १२ बजे स्पेनिस क्लब सेभिल्लाको सामना गर्दैछ । यस्तै उही समयमा स्पेनिस क्लब रियल मडि्रडले इटालियन क्लब युभेन्टसविरुद्ध खेल्दैछ ।


प्रतिक्रिया दिनुहोस्