अष्ट्रेलिया दक्षिण अफ्रिकासँग ४९२ रनले हार्‍यो

काठमाडौं २० चैत / अष्ट्रेलियाविरुद्धको अन्तिम टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकाले ४ सय ९२ रनले विजयी भएको छ । ६ सय १२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले कमजोर ब्याटिङ गर्दा खेल हार्न पुग्यो । ३ विकेटको क्षगिमा बनाएको ८८ रनबाट पाँचौं दिनको खेल थालेको अष्ट्रेलिया थप ३१ रन जोड्दा अलआउट भयो ।

जोए बन्र्सले ४२ र पिटर हृयाण्डकोम्बले २४ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक नै जोड्न सकेनन् । दक्षिण अफ्रिकाका भेर्नान फिलिन्डर एक्लैले ६ विकेट लिए । यसअघि दक्षिण अफ्रिकाले ३ सय ४४ रन बनाएर पारी समाप्तीको घोषणा गरेपछि अष्टे्रलियाले ६ सय १२ रनको लक्ष्य पाएको थियो । पहिलो इनिङमा दक्षिण अफ्रिकाले सबै विकेट गुमाएर ४ सय ८८ रन बनाउँदा अष्ट्रेलियाले पहिलो इनिङमा २ सय २१ रन जोडेको थियो ।

यो जितसँगै चार टेष्टको श्रृंखला दक्षिण अफ्रिकाले ३(१ ले जितेको हो । अष्ट्रेलियाले पहिलो टुर म्याचमा पाँच विकेटको जितेको थियो । टेष्ट १ सय १८ रनले जितेको अस्टे्रलियाले दोस्रोमा हार व्यहोर्‍यो । तेस्रो टेष्टमा बल टेम्पिरिङ विवादमा परेपछि अस्ट्रेलियाले कप्तान स्टिभ स्मिथसँगै टिमका लागि महत्वपूर्ण डेभिड वार्नर र बेनक्राफ्टलाई गुमाएको थियो ।


प्रतिक्रिया दिनुहोस्