चिकित्सा शिक्षा अध्यादेश पास, संसदको अधिवेशन अन्त्य

काठमाडौं, २० चैत / प्रतिनिधिसभाले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पास गरेको छ। यससँगै संघीय संसदको अधिवेशन अन्त्य भएको छ ।
सोमबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अध्यादेश निणरयार्थ पेश गरेका थिए, जसलाई बहुमतले पास गरेको छ । त्यसअघि नमेकिपाका सांसद प्रेम सुवालको संशोधन बहुमतले अस्वीकृत भएको थियो ।


सुवालले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पोखरेलले प्रतिस्थापन विधेयक ल्याउन उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न लगाइएको प्रतिबन्धबारे छलफल गर्ने आश्वासन दिएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकले प्रतिस्थापन विधेयक ल्याउने निर्णय गरिसकेको छ । संघीय संसदको अधिवेशन अन्त्य सोमबार नै संघीय संसद(प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको छ । संसदको बैठकमा सभामुख कृष्णबहादुर महराले मध्यरात १२ बाट अधिवेशन अन्त्य हुने राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका थिए ।

संसदको पहिलो बैठक २१ गते बसेको थियो । यो बीचमा ९ दिन बैठक बस्यो, जसले सभामुख र उपसभामुख चयन गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएका छन् । साथै तीन अध्यादेश पास गरेको छ । साथै राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरिन् ।


प्रतिक्रिया दिनुहोस्