डेनमार्क नागरिक पार्नेलद्वारा ताप्लेजुङका केहि दुर्गम बिद्यालयहरुमा सर्बेक्षण

ताप्लेजुङ संबादाता

ताप्लेजुङ, २० चैत / डेनमार्क नागरिक पार्नेल क्रुजले ताप्लेजुङको बिभिन्न दुर्गम स्थानहरुमा अवस्थित बिद्यालयहरुको स्थलगत सर्वेक्षण गरेकी छिन् । सर्वेक्षणमा पार्नेल सहित जिल्ला शिक्षा अधिकारी चैतन्य प्रसाद निरौला, (एचपीएफ) हयुमन प्राक्टिस फाउन्डेशन ताप्लेजुङको शाखा कार्यालय निर्देशक नरेन्द्र लावुङको समेत सहभागिता रहेको थियो ।

पार्नेल क्रुज

पार्नेल एक डेनमार्क संस्था (एचपीएफ)की निर्देशक हुन । उनलाई आज श्री त्रिभुवन उच्च मा.बि. थुकिमाका बिद्यालय व्यावस्थापन समिती अध्यक्ष, अभिभावक, शिक्षक र बिद्यार्थीहरुले भव्य स्वागत गरेका छन् । उनले अवको दुई वर्षभित्रमा आठकोठे पक्की भवन (एचपीएफ)को तर्फबाट निर्माण गरिदिने आश्वासन दिएकी छिन् । उनले क.न.का. निम्न माध्यमिक बिद्यालय थिङलावु र पञ्चेश्वरी माध्यमिक बिद्यालय लिवाङको समेत सर्वेक्षण गरिसकेकी छिन् ।

– तारा नेपाली


प्रतिक्रिया दिनुहोस्