अमेरिकाको विद्यालयमा गोली चल्यो; १७ विद्यार्थीको मृत्यु, कैयौ घाईते

अमेरिकाको फ्लोरिडास्थित एक उच्च माध्यमिक विद्यालयमा भएको बन्दुक आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

घटनामा अन्य १४ जना विद्यार्थी घाइते भएको अमेरिकी सञ्चारमाध्यमहरुले बताएका छन् ।

१९ वर्षीय पूर्वविद्यार्थीले उक्त आक्रमण गरेको बताइएको छ ।

किशोरावस्थाको उत्तरार्द्धमा रहेका सन्दिग्ध आक्रमणकारी निकोलस क्रुजलाई प्रहरीले गिरफ्तार गरेको छ ।

उनी मायामी भन्दा ७० किलोमिटर उत्तरमा पर्ने पार्कलेण्डमा रहेको मर्जोरी स्टोनमेन डग्लस हाइ स्कूलका पूर्वविद्यार्थी भएको उल्लेख गरिएको छ ।

उनलाई विद्यालयबाट निष्कासन गरिएको समेत अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

(बिबिसी) का अनुसार,

उनी विद्यालय प्रवेश गरे ।

आगो लागेको खतरा जनाउने घण्टी थिचे ।

घण्टी बजेपश्चात विद्यालयमा अस्तव्यस्ता सिर्जना भयो ।

त्यसपछि उनले गोली चलाउन थाले ।

गोली चल्न थालेपछि विद्यार्थीहरु कक्षा कोठाभित्र लुक्न बाध्य भएका थिए भने प्रहरीहरू विद्यालय परिसरलाई सुरक्षित बनाउने कारबाही तत्कालै थालेका थिए ।

अमेरिकी संघीय जाँच निकाय (एफबीआइ) ले स्थानीय सुरक्षा निकायलाई अनुसन्धानमा मद्दत गरिरहेको छ।

एउटा ट्विटर सन्देशमा राष्ट्रपति डोनल्ड ट्रम्पले कुनै पनि बालबालिका, शिक्षक वा अरू कोहीले पनि अमेरिकी विद्यालयमा कहिल्यै पनि असुरक्षित महसुस गर्न नहुने उल्लेख गरेका छन् ।
एजेन्सी ।


प्रतिक्रिया दिनुहोस्