पूरातात्विक मूर्ति चोरी भएर अमेरिका पुगेको नेपाल फिर्ता ल्याइयो

काठमाडौं, २१ चैत / अमेरिकाको मेट्रो पोलिटन म्युजियममा रहेको २ वटा पूरातात्विक महत्वको मूर्ति नेपाल फिर्ता ल्याएको छ । नेपालबाट ८८ वर्ष अघि हराएको बुद्धको मूर्ति र ९५ वर्ष अघि हराएको उमा महेश्वरको मूर्ति बुधबार नेपाल ल्याइएको हो । चोरी भएका दुबै मूर्ति तस्करले अमेरिका पुर्‍याएका थिए ।

नेपालको दाबीपछि म्युजियमले मूर्ति फिर्ता पठाएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए । अमेरिकास्थित महावाणिज्यदूत मधु मरासिनीले म्युजियमले सहज ढंगले मूर्ति फिर्ता गरिदिएको बताए । बुद्धको मूर्ति विक्रम संवत १९८६ मा काठमाडौंको याटखाबाट हराएको थियो भने विक्रम संवत १९८० मा उमा महेश्वरको मूर्ति ललितपुरको पाटनस्थित टंगालहिटीबाट हराएको थियो ।


प्रतिक्रिया दिनुहोस्