रुपन्देही १ सय ८२ रनको लक्ष्य पछ्याउदै

धनगढी, २१ चैत्र  / लगातार दुई खेलमा पराजय भोगिसकेको रुपन्देही च्यालेन्जर्सले आफ्नो तेस्रो खेलमा जितका लागि १ सय ८२ रनको विशाल लक्ष्य प्राप्त गरेको छ । विराटनगर किङ्सले हङकङका कप्तानसमेत रहेका बाबर हायातले अर्धशतक पुरा गरेपछि बुधबारको पहिलो खेलमा पहिले विराटनगर किङ्सले रुपन्देहीविरुद्ध १ सय ८१ रन बनाएको छ ।

टस हारेर ब्याटिङमा उत्रेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर त्यो स्कोर खडा गरेको हो । बाबरले ३५ बलको सामना गर्दै ५८ रनको बनाएका थिए । उनले ४ छक्का र ४ चौका प्रहार गरे । ओपनर दीलिप नाथले ४३ रन जोडे । ३७ बलको सामना गरेका उनले १ छक्का र ६ चौका प्रहार गरे । अर्का ओपनर अनिल कुमार साहले २५ बलमा ३ चौका र ३ छक्को मदतमा ३६ रन बनाए । कप्तान पारस खड्का २२ रन रदसौरभ खनाल १७ रनमा नटआउट रहे । रुपेन्देहीका सुफायन मुहम्मदले २ तथा जितेन्द्र मुखिया र सागर पुनले १ विकेट लिए ।

यो खेलमा पनि पराजय बेहोरे शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्स प्रतियोगिताको प्ले अफ पुग्ने सम्भावना लगभग समाप्त हुनेछ । विराटनगरले खेल आफ्नो पक्षमा पारे प्ले अफ सम्भावना जीवितै राख्नेछ ।


प्रतिक्रिया दिनुहोस्