विभिन्न प्रान्तमा झडप हुँदा १८ तालिवान मारिए

काबुल, २१ चैत / अफगानिस्तानमा मङ्गलबार भएका झडपमा परी कम्तीमा १८ तालिवान आतंककारी मारिनुका साथै अन्य १३ जना घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुज, इमाम साहिब जिल्ला, दक्षिणी प्रान्त हेलमान्डलगायत अन्य विभिन्न प्रान्तमा सुरक्षा अधिकारी र आतंककारीबीच भएको झडप र हवाई कारबाहीमा परी ती तालिवान लडाकू मारिएका हुन् ।

फाइल तस्बिर

अफगान गृहमन्त्रालयले बुधबार सो जानकारी दिएको छ । अफगानिस्तानका विभिन्न स्थानमा नेटो र अमेरिकाआबद्ध संयुक्त सेनाको सहयोगमा अफगान हवाई बलले युद्धक विमानबाट तालिवान आतंककारीविरुद्ध कारबाही गर्दै आएको छ । अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्ड तालिवानको बलियो प्रभाव रहेको प्रान्तका रुपमा रहेको छ । सो क्षेत्रमा पछिल्ला केही समयमा लगभग दिनहँुजसो यस्तो कारबाही भइरहेको छ ।

जारी यस कारबाहीको विषयमा १६ वर्षभन्दा बढी समयदेखि अफगान सरकारसँग युद्ध गर्दै आएका तालिवान लडाकूले भने केही टिप्पणी गरेका छैनन् । समाचारमा जनाइएअनुसार यस कारबाहीको क्रममा सुरक्षा अधिकारीतर्फ कुनै हताहत भएको छैन । रातिको समयमा तालिवानहरुले सुरक्षा जाँच चौकीलाई बढी तारो बनाउने गरेका छन् । रासस÷सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्