बिधालयको शैक्षिक उन्नयन र स्तर बृद्धिका लागि महायज्ञ शुरु

गोरखा संबादाता

गोरखा, २१ चैत / श्री तारा उच्च माध्यामिक बिद्यालय छेपेटारको शैक्षिक उन्नयन, स्तोरबृद्धि र भौतिक पूर्वाधार बिकास सहयोगार्थ बुधबार देखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायक्ष शुरु भएको छ । २९ गते सम्म चल्ने महायज्ञमा पण्डित दिपक प्रसाद पौड्यालले कथा बाचन गर्नुहुने बिद्यालयका प्रधानध्यापक बाबुराम बि.क.ले जानकारी दिनुभयो । हाल कक्षा १२ सम्म पठनपाठन हुने उक्त बिद्यालयमा अहिले १९ ओटा कक्षा कोठमा पठन पाठन भइरहेको बिद्यालयमा अझै १० ओटा कक्षाकोठाको अभाव भएको प्रधानध्यापक बि.क.ले जानकारी दिनुभयो ।

गत २०७२ सालको बिनासकारी भुकम्प पछि बिद्यालयको भवन भत्किएसगै पठनपाठनका लागि कक्षाकोठाको अभाव, बिद्यालयमा कम्पाउण्ड नहुदा भौतिक सुरक्षाका जोखिम लगायतका समस्या बिद्यालयले भोग्दै आएको छ । महायक्षबाट उठेको रकमले भौतिक पूर्वाधारको बिकास संगै, बिद्यालयलाई कम्पाउण्डीङ गर्ने देखि बिद्यालयको स्तरोन्तीमा खर्च गरिने प्रधानध्यापक बि.कले जानकारी दिनुभयो । उक्त बिधालयमा अहिले कक्षा १ देखि १२ सम्ममा ६ सय ५० जना बिधार्थीहरुले अध्ययन गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्