असार १ को नयाँ वजेटपछि जनताको मुहार फेरिन्छ: मन्त्री बस्नेत

गोरखा संबादाता

गोरखा, २१ चैत । ४ नम्बर प्रदेशका भौतिक पूर्वाधार तथा बिकास मन्त्री रामशरण बस्नेतले आउदो असार १ गते बजेट ल्याएर जनताको मुहार फेर्ने बताउनु भएको छ । गोरखा सदरमुकामको छेपेटार स्थित श्री तारा उच्च माध्यामिक बिद्यालयको शैक्षिक उन्नयन स्तरबृद्धि र भौतिक पूर्वाधार बिकास सहयोगार्थ आज आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । “ अहिले प्रदेश सरकारको खाता समेत छैन् । कुनै पनि कार्यक्रम गर्न सक्ने अबस्था छैन, असारमा बजेट ल्याएपछि मात्र जनताको मुहार फेरिनेछ ।” मन्त्री बस्नेतले भन्नुभयो ।

                                                   

उहाँले प्रदेश सरकार अहिले कानुन निर्माणको प्रक्रियामा रहेकाले कुनै पनि काम गर्न सक्ने अबस्थामा नरहेको भन्दै असारमा बजेट ल्याएर ४ नम्बर प्रदेशका जनताको आर्थिक सम्बृद्धिको चाहान पुरा गर्ने प्रतिबद्धता व्यक्त गनुभएको हो । उहाँले अहिले देशमा फरक बिचार भएका सवै राजनीतिक दलहरु पनि आर्थिक सम्बृद्धिको अभियानमा एकै ठाउमा उभिएको भन्दै तीन ओटै तहका सरकारले अधिकार अनुसूचीका आधारमा काम गर्ने बताउनुभयो । उहाँले प्रदेश सरकार गठन भएलगत्तै ४ नम्बर प्रदेशका जनतालाई परिवर्तन महसुस हुने गरी ८ ओटा महत्वपूर्ण निर्णय गरेको भन्दै त्यसको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

महायज्ञको उद्घाटन कार्यक्रममा बोल्दै गोरखा नगरपालिका गोरखका मेयर राजनराज पन्तले सवैले इच्छाशक्ती देखाउन सके शैक्षिक क्षेत्रको बिकास गर्न गाह्रो नहुने बताउनुभयो । उहाँले छेपेटारलाई पर्यटकिय नगरीको रुपमा बिकास गर्न यसक्षेत्रमा ताल निमार्ण, बिभिन्न किसिमका पूर्वाधार निर्माण आवश्यक रहेको बताउनुभयो । मेयर पन्तले अहिले वडाअध्यक्ष देखि प्रधानमन्त्री सम्म सवैले देश कसम खाएको भन्दै गोरखाको आर्थिक सम्बृद्धिका लागि आफुहरु प्रदेश सरकारसंग सहकार्य गरेर अघि बढ्न आतुर रहेको बताउनुभयो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष त्रृषिराम सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष देवि बहादुर बस्नेत लगायतले मन्तव्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्