प्रमको भारत भ्रमण देशको हितलाई केन्द्रमा राखेर हुने : मन्त्री रघुवीर महासेठ

काठमाडौँ, २१ चैत / भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको भारत भ्रमण देशको हितलाई केन्द्रमा राखेर हुने बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले हाम्रा लागि भारत र चीन दुवै उत्तिकै महत्व बोकेका मित्र हुन् भन्नुभयो । विगतमा नेपाललाई भारतबाट सहयोग प्राप्त हुँदै आएको उल्लेख गर्दै मन्त्री महासेठले नेपालको विकासका लागि सरकार लागिपरेको बताउनुभयो । उहाँले हाम्रो देशमा पनि रेल कुदाएर जनताको सपना पूरा गर्ने उल्लेख गर्नुभयो । मन्त्री महासेठले थप्नुभयो, “रेलमार्गको विकासका लागि दु्रतगतिले काम भइरहेको छ, दुई वर्षभित्र रेलमार्गका लागि धेरै काम गरिसकेका हुनेछौँ ।”

????????????????????????????????????

जयनगर–जनकपुर–बर्दिवास–सिमरा र सिमराबाट लुम्बिनीसम्म पु¥याउँछौँ । भारतसँगको सम्बन्ध यातायातमार्फत पनि बढाउन रेलमार्गले वीरगंज–काठमाडौँ जोड्ने सोच सरकारले बनाएको उहाँको भनाइ थियो । मन्त्री महासेठले भारतीय सहयोग र नेपालको लगानीमा निर्माणाधीन हुलाकी राजमार्ग द्रुतगतिमा अघि बढिरहेको बताउँदै राजमार्गको छ खण्डमा एक खण्डको काम करिबकरिब सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले वर्तमान सरकार भारतसँगको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने अपेक्षासहित प्रधानमन्त्रीको भारत भ्रमण हुन लागेको स्पष्ट पार्नुभयो ।  रासस


प्रतिक्रिया दिनुहोस्