म्यानचेष्टर सिटीमाथि लिभरपुलको शानदार जित

२२ चैत, काठमाडौं / लिभरपुलले च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पूर्ण नियन्त्रणमा राखेको छ र म्यानचनेष्टर सिटीलाई ३-० ले हराएको छ । प्रिमियर लिग लिडर सिटीले यो सिजन लिभरपुलसँग मात्र हार व्यहोरेकाके थियो । उसले फेरि लिभरपुलसँग अर्को हार व्यहोरेको छ ।

घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलले सुरुवाति ३१ मिनेटभित्र तीन गोल गरेको थियो । अग्रता भने १२ औं मिनेटमा मोहम्मद सलाहले दिलाए । २० औं मिनेटमा लिभरपुलले दोस्रो गोल गर्‍यो भने ३१ औं मिनेटमा मानेले गोल गरे ।


प्रतिक्रिया दिनुहोस्