च्याम्पियन्स लिगमा रोमाविरुद्ध बार्सिलोनाको सहज जित

बार्सिलोना,२२ चैत्र / गए राति च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले इटालियन क्लब एएस रोमालाई ४(१ ले हराउन सफल भयो ।बार्सिलोनाले खेलमा ड्यानियल डि रोसीको आत्मघाती गोलमा अग्रता लिएको थियो ।

दोस्रो हाफमा पनि रोमाका कोस्टास मानोलासले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर बनेको थियो । खेलको ५९ औं मिनेटमा डिफेन्डर जेरार्ड पिकेले गोल गरी स्कोर ३-0 पारेका थिए । खेलको ८० औं मिनेटमा रोमाका लागि एडिन जेकोले गोल गरेका थिए । त्यस्तै खेलको अन्तिमतिर लुइस स्वारेजले गोल गर्दै ३ गोलको अन्तर कायम राख्न सफल रह्यो । रोमाको घरेलु मैदानमा दोस्रो लेग अप्रिल ११ मा खेलिने छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्