वैशाखदेखि रारामा फ्री वार्इफाई

सुर्खेत,२२ चैत / कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा आउँदो वैशाख १ गतेदेखि फ्रि वार्इफार्इ सेवा सञ्चालन गर्ने भएको छ । रारा कर्णाली पर्यटन वर्ष  २०७५ को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ गतेदेखि फ्रि वाइफाइको सेवा जडान गर्न लागिएको हो ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीका अनुसार, सरकारले रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै रारा ताल वरपर फ्रि वाइफाइको व्यवस्था गर्न लागेको हो । पर्यटकलाई सूचना प्रविधिमा सहज पहुँच पुर्याउन तथा उनीहरुलाई अभ्यस्त बनाउन रारा ताल वरिपरि निःशुल्क वाइफाइको व्यवस्था गर्न लागिएको मन्त्री केसीको भनाइ छ ।रारा कर्णाली पर्यटन वर्ष २०७५ को शुभारम्भसँगै रारामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई टेलिफोनको सहजताका लागि मोबाइल सेवाको टावर राख्ने तयारी भइरहेको छ ।
रासस


प्रतिक्रिया दिनुहोस्