पारस खड्काले सतक बनाए पनि नेपाल युएईसँग पराजित

काठमाडौं, फागुन ३
नेपाल आइसिसि विश्व क्रिकेट लिग डिभिजन २ को फाइनलमा युएईसँग ७ रनले पराजित भएको छ।

युएईले दिएको २७८ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेल्दै २७० रन मात्र बनाउन सक्यो।

नेपालका लागि कप्तान पारस खड्काले ११२ रन बनाए पनि त्यो जितका लागि पर्याप्त रहेन। खड्काले १०३ बलमा ८ छक्का र ३ चौकासहित ११२ रन बनाए। यो खड्काले लिस्ट ए मा सर्वाधिक रन हो।

दीपेन्द्र सिंह ऐरीले ३५, सरद भेषवाकरले ३० तथा ज्ञानेन्द्र मल्लले २४ रनको योगदान दिए।


प्रतिक्रिया दिनुहोस्