गोरखा नगरपालिका भित्रका बिधालयको कक्षा ८ को नजिता निरासाजनक

गोरखा संबाददाता

गोरखा २२ चैत / गोरखा नगरपालिका भित्रका निम्न माध्यामिक तह अन्र्तगत कक्षा ८ को परिक्षाको नजिता बिहिबार सार्वजनिक भएको छ । नगर शिक्षा समितिले सार्वजनिक गरेको नतिजामा अनुसार परिक्षामा सहभागी मध्ये ६२ दशमलम ३५ प्रतिसत परिक्षार्थी परिक्षमा उर्तिण भएका छन् । गोरखा नगरपालिका भित्रका सवै ३१ ओटा बिद्यालयका कुल १२ सय ९२ जना परिक्षार्थी मध्ये १२ सय ७५ जना बिधार्थीहरु परिक्षामा सामेल भएका थिए । नगर शिक्षा समितिले सार्वजनिक गरेको नजिता अनुसार नगरपालिका भित्रका केही बिद्यालयको अबस्था अत्यन्तै कमजोर देखिएको छ । गोरखा नगरपालिका भित्र रहेका सामुदायिक बिद्यालय मध्ये महालक्ष्मी माध्यामिक बिद्यालय फिनामले सबै भन्दा कमजोर नतिजा निकालेको छ भने श्री सरस्वती माध्यामिक बिद्यालय आहाले सवै भन्दा राम्रो नजिता निकालेको छ ।

परिक्षामा सरस्वती माध्यामिक बिद्यालय आहालेबाट कुल १ सय २२ बिधार्थी परिक्षामा सहभागी भएको ९३ जना उर्तिण भएका छन् । परिक्षामा सहभागी सामुदायिक बिद्यालय अन्र्तगत सो बिद्यालयबाट परिक्षामा सहभागी ५५ बिद्यार्थी मध्ये ४ जनामा उर्तिणहुन सफल भएका छन् । त्यस्तै रत्नराज्य माध्यामिक बिद्यालयका ५४ जना सहभागी मध्ये ४ जना र शक्ति माध्यामिक बिद्यालय पाटेचौरका ५३ जना बिधार्थी मध्ये ३ जना परिक्षार्थी मात्र उर्तिण हुन सफल भएको जनाइएको छ । स्थानिय तह कार्यान्वयनमा आए संगै पहिलो पटक नगर शिक्षा समितिले कक्षा ८ को परिक्षा सन्चालन गरेको हो । परिक्षाको नतिजा सन्तोषजनक आउन नसकेको नगर शिक्षा शाखाका प्रमुख सुवास आर्चायले जानकारी दिनुभयो । त्यस्तै निजि बिद्यालय तर्फ सेन्ट जोसेफ स्कुलबाट ९० जना बिधार्थी सहभागी भएकोमा सतप्रतिसत उर्तिण भएको छ ।

नगरपालिका भित्र भित्रका अधिकासं निजि बिद्यालयको नजिता भने राम्रो देखिएको छ । यस पटक नगर शिक्षा समितिले २ बिषय सम्म लागेका परिक्षार्थीलाई पुरक परिक्षाको समेत व्यवस्था गरेको छ । जस अन्र्तगत २ सय १ जना बिद्यार्थीहरुले पुरक परिक्षा दिन पाउने भएका छन् । समितिले यहि २५ गते सूचना प्रकासन गरी पुरक परिक्षाको मिति सार्वजनिक गर्ने तयारी गरेको प्रमुख आर्चायले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्