तिम्बुङ पोखरीप्रति झुट फैलाउन खोजियो

प्रयास लिम्बू ताप्लेजुङ साउन १३ / आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्सहित ताप्लेजुङका दुईवटा संस्थाले आइतबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी झट फैलाउने गरी तिम्बुङ पोखरीका बिषयमा भएका प्रचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् । ति संस्थाले पछिल्लो समय पर्यटकीय क्षेत्रको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारबाट भएका पहल र प्रयासप्रति धन्यवाद ज्ञापन गर्दै तिम्बुङ पोखरी क्षेत्रको विकास र प्रवद्र्धनका लागि सिदिङ्वा गाउँपालिकासंँग ३ बुँदे माग समेत राखेका छन् ।


आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष भद्रकुमार बोखिम र किरा“त याक्थुङ चुम्लुङ ताप्लेजुङका अध्यक्ष प्रेमकुमार सेलिङ ‘संगम’द्वारा हस्ताक्षरित विज्ञप्तिमा प्राकृतिक सौन्दर्यता र ऐतिहासिक तथा भौगोलिक तथ्यलाई हेर्दै ताप्लेजुङ जिल्लामा रहेको यो तिम्बुङ पोखरी क्षेत्रलाई सरकारले एकसय वटा पर्यटकीय गन्तव्यमा समावेश गरी विकास गर्नु सह्रानीय पक्ष भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिका वडा नं. १ कालीखोलामा अवस्थित तिम्बुङ पोखरी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने क्रममा नेपाल सरकार र स्थानीय सरकारको पहलमा विभिन्न भौतिक संरचनाहरु निर्माण हुँदै आएको स्मरण गर्दै थप विकास र पर्यटन प्रवद्र्धनका स्थानीय सरकारको बढी भूमिका रहनुपर्ने भनिएको छ ।


विज्ञप्तिमा पोखरीमा निर्माण भएको मन्दिरको नाम ‘तिम्बुङ पोखरी मन्दिर’ राख्नुपर्ने र उक्त नाम लिम्बू लिपिमा (तिम्बुङ वरक माङ्हिम) तिम्बुङ पोखरी मन्दिर र अंग्रेजी भाषामा त्ष्mदगलन एयलम त्झउभि गरी त्रैभाषिक नाम शिलालेखमा उल्लेख गर्नुपर्ने सहितका माग गरिएको छ ।

पर्यटकीय तथा धार्मिक क्षेत्र प्रवद्र्धनका लागि निर्माण हुने अन्य संरचनाहरु पोखरीको सौन्दर्यतालाई क्षति नपु¥याई निर्माण गर्न र तिम्बुङ पोखरीको गुरुयोजना निर्माण गर्दा सरोकारवाला संस्था र समुदायलाई समावेश गर्न समेत विज्ञप्तिमार्फत सिदिङ्वा गाउ“पालिको ध्यानाकर्षण गरिएको छ । पत्रकार सम्मेलनमा कियाचुका प्रदेश कमिटी सदस्य मोती पालुङ्वा, जिल्ला उपाध्यक्ष डिवी पालुङ्वा, जिल्ला सचिव इन्दिरा मेन्याङ्बो लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्