साढे ६ हजारको लोगो सांसदलाई

कास्कि साउन १३ / गण्डकी प्रदेशले आफ्ना सांसदलाई सुन भएको लोगो बितरण गरिएको छ । एक सय ९५ रुपैयाँ पर्ने लोगोमा ६ हजार तीन सय पांच रुपैयाँको सुन राखिएको हो । यो लोगो यस गघिको भन्दा ३३ गुणा महंगो छ ।

जनप्रतिनिधिलाई मंहगो सेवासुविधा दिएको भनेर आलोचना खेपिएको बेला गण्डकी प्रदेशले चीनको संघाइ प्रान्तमा बनाइएको प्रतिगोटा ६ हजार पांचसय रुपैयाँ पर्ने लोगो वितरण गरेको छ । गण्डकी प्रदेशसभामा ३६ जना सांसद रहेका छन् ।

सांसदलाई लोगो मात्र वितरणका लागि दुई लाख ३४ हजार खर्च भएका छ । लोगोमा धातुको रुपमा चांदि प्रयोग गर्एिको छ भने बाहिर भागमा सुनको जलप लगाएको छ । गुणस्तरीय र आकर्षक लोगो बनाउन कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेपछि लोगो बनाएर सांसदलाई बितरण गरेको हो ।

यस अघि भने प्लास्टिको प्रयोग गरेको थियो । सांसदहरुले प्रयोग गर्दै आएको लोगो एक बर्ष नपुग्दै धमिलिएपछि गुणस्तरीय र आकर्षक लोगो बनाउन कार्यव्यबस्था परामर्श समितिले निर्णय गरेको समिति सदस्य तथा सांसद हरिशरण आर्चयले बताए ।


प्रतिक्रिया दिनुहोस्