सेनाको विमान दुर्घटना १७ जनाको मृत्यु

साउन १४ / पाकिस्तानी सेनाको एउटा सानो विमान रावलपिन्डीनजिकै एउटा आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन्।

ज्यान गुमाउनेहरूमा चालकदलका पाँच सदस्य र १२ सर्वसाधारण मानिस रहेका छन् भने। अरू १२ जना घाइते भएका छन्।सो विमान तालिमका लागि उडाइएको थियो। दुर्घटनामा परेपछि त्यसमा आगो लागेको र केही घरहरूमा पनि आगो फैलिएको थियो।

राजधानी इस्लामाबादनजिकै रहेको रावलपिन्डीमा पाकिस्तानी सेनाको मुख्यालय छ। यो समाचार विविसी बाट सावार गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्