अज्ञात समूह द्धारा वडा कार्यालयमा आगजनी दुई पसल र पाँच घर जलेर नस्ट

मुगु साउन २० / मुगु जिल्लाको पश्चिम खत्याड भेगमा पर्ने खत्याड गाउँपालिकाको २ नम्बर वडा कार्यालयमा गराएको छ। आइतबार राति करिब १२ बजेतिर वडा कार्यालयमा आगजनी गरेको छ । राति भएको आगजनीबाट कार्यालयका सम्पूर्ण कागजपत्रसहित वडा कार्यालय जलेर पूर्णरूपमा नष्ट भएको २ नम्बर वडाका वडा अध्यक्ष लालबहादुर मल्लले जानकारी दिएका छन् ।

उनका अनुसार आगलागी कसले गर्‍यो भन्ने यकिन थाहा नभएको तर घटना शंकास्पद रहेको बताए। भित्र मान्छे सुतेका भए पनि बाहिर चुकुल लगार्ई आगो लगाएका र आगलागीलगत्तै मान्छे भ्यालबाट भाग्न सफल भएका छन्। अरू कार्यालयमा रहेका सम्पूर्ण सामान कागजप्रत्र पूर्णरूपमा जलेर खरानी भएका अध्यक्ष मल्लको भनाइ छ।

आगलागीमा परी वडाकार्यलयसँगै रहेका वडा सचिव टंकबहादुर मल्लको स्टेशनरी पसल, पदम बुढाको मोबाइल पसल, हरिकृष्ण दाहाललगायत ५ जनाको घर जलेर नष्ट भएका छन्। आगलागीबाट ५ करोड बराबरको क्षति भएको अध्यक्ष मल्ले बताए । आगो कसले र किन लगायो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्