सर्पको टोकाइबाट एक बालकको मृत्यु

कपिलवस्तु साउन २१ / कपिलवस्तु शिवराज नगरपालिकामा सर्पको टोकाइबाट एक बालको मृत्यु भएको छ। वडा नम्बर ३, चनईका सात वर्षीय मनोज कोहारको सर्पको टोकाईबाट मृत्यु भएको हो।

सोमबार राति सर्पले टोकेको मनोजलाई उपचारका लागि गोरूसिङ्गस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो। बालकलाई उपचार केन्द्रमा समयमै पुर्याउन नसक्दा मृत्यु भएको केन्द्रका प्रमुख नवीन भण्डारीले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्