एसएसपी नै ३३ किलो सुन र हत्या प्रकरणको छानबिनमा

काठमाडौं, चैत २३ / महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक दिवेश लोहनी तस्करीको सुन लुटपाट प्रकरणमा छानबिनमा परेका छन् । प्रहरीकाे मिलेमतोमा ३३ किलो सिन लुटपाट भएको र सो प्रकरण लुकाउन व्यत्ति हत्यासम्म गराएको विषयमा उनी छनबिनमा परेका हुन् ।

आजको राजधानी दैनिकको पहिलो पृष्ठमा समाचार छापिएको छ । सनम हत्या र ३३ किलो सुन प्रकरणमा गृह मन्त्रालयले गृहका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । सो छानबिन समितिले बिहीबार महाशाखा प्रमुख एसएसपी लोहनीलाई प्रहरी प्रधान कार्यालयमा हाजिर गराएर छानबिन गर्न पत्राचार गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस्