म्यानचेस्टर सिटी ५-० ले विजयी

लन्डन, साउन २६ / म्यानचेस्टर सिटीले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ।इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको आफ्नो पहिलो खेलमा साबिकको विजेता म्यानचेस्टर सिटी ५ – ०ले विजयी भएको छ।म्यानचेस्टर सिटीले वेष्ट ह्याम युनाइटेडलाई पराजित गरेको हो ।

पहिलो हाफमा एक गोल गरेको म्यानचेस्टर सिटीले दोस्रो हाफमा चार गोल गर्दै जित हासिल गरेको हो।सिटीको जितमा उसका रहीम स्ट्रर्लिङ ह्याट्रिक गरे।
ग्राब्रियल जिससले २५ औँ मिनेटमा गोल गर्दै म्यानचेस्टर सिटीलाई पहिलो अग्रता दिलाएका थिए।त्यसपछि खेलको दोश्रो हाफमा स्ट्रलिङले ५१ र ७५ औं मिनेटमा लगातार दुई गोल गर्दै म्यानचेस्टर सिटीको अग्रतालाई ३-० बनाए । एजेन्सी


प्रतिक्रिया दिनुहोस्