लोकसेवा विरुद्ध बालुवाटारमा विरोध प्रदर्शन

काठमाडौ साउन २८ / संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले विज्ञापन आव्हान गरेको भन्दै उनीहरुले मंगलबार दिउँसो प्रधानमन्त्रीको निवास बालुवाटार क्षेत्रमा प्रर्दशन भएको छ ।


प्रदर्शनकारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली र प्रधानमन्त्री विरुद्ध नारावाजी गरेका थिए संविधान मिच्न पाईदैन, महिला आरक्षण सुनिश्चित गर, लोकसेवा आयोगको असमान विज्ञापन खारेज गर भन्दै नाराबाजी समेत गरेका थिए । यदि माग पुरा नभए आन्दोलनमा उत्रन्ने चेतावनी समेत दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्