गायक राई ईज किङ सडक दुर्घटनामा, गायक राईले भने, ‘सेफ छु’

काठमाडौं, २३ चैत / भर्ससटाइल गायक गायक राजेश ‘पायल’ राई सवार गाडि दुर्घटनामा परेको छ । गुल्मी महोत्सवमा सहभागी हुन जाने क्रममा उनको गाडी दुवी चौर भन्ने स्थानमा दुर्घटना भएको हो । उनको टाउकोमा चोट लागेको छ ।

उहाँ सँगको फोन सम्पर्कमा गायक राईले आफू दुर्घटनामा परेको भए पनि आफू सेफ रहेको बताएका छन् । उनले अहिले आफू कार्यक्रमस्थल पुगिसकेको र होटलमा आराम गरिरहेको बताएका छन् । गायक राईले भोलि मात्र कार्यक्रम रहेकाले आरमामपछि कार्यक्रममा सहभागी हुने बताएका छन ।


प्रतिक्रिया दिनुहोस्