अवैध लागूऔषध सहित दुईजना पक्राउ

काठमाडौं साउन २९ / काठमाडौं महानगरपालिका(१६ माछापोखरीबाट ललितपुर थसीखेल बस्ने महोत्तरी औरही नगरपालिका १ घर भएका १७ वर्षीय अम्बर साह समेत २ जनालाई ट्रामा नामक लागूऔषध २ सय १२ पिस सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्