विश्वकप छनोटमा नेपाल अफगानिस्तान र जिम्बाबेको समूहमा

काठमाडौं, फागुन , आइसिसि एकदिवसीय विश्वककप क्रिकेटको छनोटमा पुगेको नेपालले समूह चरणमा अफगानिस्तान ,हङकङ , जिम्बावे र स्कटल्यान्डसँग खेल्ने भएको छ।

बिहिबार भएको आइसिसि विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता भएको नेपालले आगामी महिना जिम्बावेमा हुने एकदिवशिय विश्वकपको विश्वस्तरको छनोटअन्तर्गत समूहगत चरणको खेलमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्डसँग खेल्ने पक्का भएको हो।

नेपालले आफ्नो पहिलो खेल मार्च ४ मा जिम्बावेसँग खेल्ने छ। ८ मार्चमा स्कटल्यान्डसँग, १० मार्चमा अफगानिस्तानसँग र १२ मार्चमा हङकङसँग खेल्ने छ।

लिग विजेता युएई समूह एमा वेस्ट इन्डिज ,आयरल्यान्ड, पपुआन्युगिनी र नेदरल्यान्डससँग खेल्नेछ।

सहभागी हुने १० वटा टिमलाई २ समूहमा विभाजन गरिएको छ। समूह चरणमा सबै टिमले एकअर्कासँग १(१ खेल खेल्नेछन् जसपछि दुवै समूहबाट उत्कृष्ट(३ हुने टिम सुपर(सिक्स चरण खेल्न छनोट हुनेछन्।

सुपर सिक्स चरणमा एउटा टिमले ३ वटा खेल खेल्ने छ ९समुह चरणमा भेट नभएका टिमसँग मात्र०। समूह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ ९ समूह चरणको अंक तालिकामा तलको २ स्थानमा रहेका टिमसँगको अंक बाहेक०।

सन् २०१७ सेप्टेम्बर ३० सम्म आईसीसी एकदिवसीय वरियतामा इंग्ल्याण्ड बाहेक उत्कृष्ट ७ टिम स्वतः छनोट हुने आईसीसीको ब्यवस्था अनुसार इंग्ल्याण्ड, अस्ट्रेलिया, बंगलादेश, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रीका र श्रीलंका बिश्वकप खेल्न छनोट भइसकेका छन्।

वरियतामा उत्कृस्ट ७ भित्र पर्न नसकेपछि यो पटक वेस्ट इन्डिज तथा जिम्बाबे जस्ता टेस्ट राष्ट्रले पनि विश्वकप छनोट खेल्दैछन्।

त्यसबाहेक नयाँ टेस्ट रास्ट्र अफगानिस्तान, आयरल्याण्डलगायत विश्व क्रिकेट लिग च्याम्पियनसिपमा उत्कृष्ट ४ भित्र पर्न सफल टिम नेदरल्याण्ड, स्कटल्याण्ड, हङकङ र पपुवा न्युगिनी विश्वकप छनोट खेल्नेछन्।

समूहको शीर्ष तीन टोली सुपर सिक्स चरणमा पुग्नेछन्। प्रतियोगितामा सहभागी हुने ६ एसोसिएट टोलीमध्ये नेदरल्यान्ड्ससहित चार टोली चार वर्षका लागि एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाउनेछन्।

छनोटबाट उत्कृष्ठ हुने २ टिम २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एकदिवसीय विश्वकप खेल्न छानिनेछन्।


प्रतिक्रिया दिनुहोस्