किशोरीमाथि सामुहिक बलात्कार, गर्भ रहेपछि गर्भपतन

काठमाडौं साउन ३२ / बलात्कारका घटनाले नेपाललाई मात्र होइन छिमेकी देश भारतलाई समेत बद्नाम गराइरहेको छ । भारतमा अहिले यस्तै बलात्कारको घटना सार्वजनिक भएको छ ।

भारत उत्तर प्रदेशकी एक १५ वर्षीया वालिकाले आफूमाथि तीन युवाहरूले सामुहिक बलात्कार गरेको दावी गरेकी छिन् । सामुहिक बलात्कारका कारण उनी गर्भवती भएकी पीडित युवतीले भनिन्उ नीहरुले मलाई गर्भपतन गराए ।’

यो घटना उत्तर प्रदेशको महोबा जिल्लाको हो । पीडित परिवारका सदस्यहरूसहित चरखारी कोतवाली पुगे र उजुरी गरे र आरोपितलाई कडा कारबाही गर्न माग गरेका छन् । प्रहरीले मुद्दा दर्ता गरी कारबाही गर्ने जनाएको छ ।

प्रहरीले तीनै जना आरोपितको खोजी शुरू गरेको छ । पीडित युवती भन्छिन् कि सामुहिक बलात्कारपछि मलाई ज्यान मार्ने धम्की समेत दिइयो । पीडित युवतीका अनुसार आरोपीले उनीहरूलाई भने कि–यदि उनीहरूले कसैलाई मुद्दाको बारेमा बतायो भने उनीहरूले मार्नेछन् । उनको परिवारका सदस्यहरुलाई पनि चेतावनी दिइएको थियो ।

पीडित र उनको परिवार न्यायको खोजीमा छन् । एसपी स्वामीनाथले चरखारी कोतवाली गाउँमा बस्ने किशोरीले गाउँका केही युवकले सामुहिक बलात्कार गरेको गुनासो जनाएका छन् । पीडितको मेडिकल जाँचपछि थप कारवाही अगाडि बढ्ने उनले जनाएका छन् । एजेन्सि


प्रतिक्रिया दिनुहोस्