प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

नयाँदिल्ली, २३ चैत / भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षी नरेन्द्र मोदीबीच आज नयाँदिल्लीमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार उहाँहरुबीच द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको थियो । भ्रमणको कार्यसूचीअनुसार शनिबार अपराह्न उहाँहरुबीच द्विपक्षीय वार्ता हुने छ ।


प्रतिक्रिया दिनुहोस्