सरकारको नेतृत्व परिवर्तन हुन्छ: प्रचण्ड

काठमाडौं भदौ २ / नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्तरिक सहमतिकै आधारमा सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् ।जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीसँग भएको आन्तरिक सम्झौता अनुसार सरकारको नेतृत्व फेरिने बताएको छ ।

फाईल तस्विर

नेतृत्व परिवर्तन हुने भए पनि नेकपा नेतृत्वको सरकार पाँच वर्ष चल्ने विषयमा कुनै शंका नगर्न समेत आग्रह गरेका छन् ।उनले सुखी नेपाली, समृद्ध नेपाल निर्माण अभियानमा सरकार अघि बढिरहेको दावी गर्दै एक वर्षको कामलाई समीक्षा गर्दै अगाडि बढ्ने योजनामा आफूहरु रहेको समेत जानकारी दिए ।

अध्यक्ष दाहालले एमाले–माओवादी एकतापछि पार्टीलाई सुदृढ बनाएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । कहिलेकाँही पार्टी एकीकरण नगरेकै भए हुन्थ्यो जस्तो अनुभूति हुने गरेको अभिव्यक्ति दिएर राजनीतिक तरङ्ग सिर्जना गरेका अध्यक्ष दाहालले भने, मेरो भनाइलाई अतिरञ्जित बनाएर समाचार बनाइएको पाइयो । पुरानो एमाले र माओवादी अब एउटै पार्टी भइसकेको छ, एकीकृत पार्टीको म अध्यक्ष हो । यो पार्टीलाई सुदृढ बनाएर अघि बढ्नुको विकल्प छैन ।


प्रतिक्रिया दिनुहोस्