७४ बर्षपछि यसरी पुरा भयो काउलेकी सुकमायाको नागरिकता पाउने सपना

हिरालाल गुरुङ

इच्छाकामना, २४ चैत / चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा शुक्रबार ७४ बर्षिय साविकको काउल (गाविस) की सुक माया चेपाङले नागरिकता लिएकी छिन् । इच्छाकामना गाउँपालिका वडा न १ हातीवाङमा घण्टौको बाटो हिँडेर आएकी सुकमायाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकालले जानकारी दिए ।

यसैबीच वडा न १ कै साइरालीका ७२ बर्षिय डिल कुमारी चेपाङले पनि नागरिकता लिएकी छिन् । आर्थिक अभाव र श्रीमान् अपांग भएका कारण नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय भरतपुर जान नसकेको उनले बताईन् । उनको ७७ बर्षिय श्रीमान् लामो समय देखि खुट्टटाको समस्यका कारण राम्रोसंग हिडडुल गर्न सक्नदैनन् । “खुट्टा देखाउदैँ उनका श्रीमान् ७७ बर्षिय बुद्ध बहादुर चेपाङले भने लामो समय देखि खुट्टाको विरामी छु हिड्नै गाह्रो हुन्छ बल्ल बल्ल यहाँ सम्म आएँ, भरतपुर कसरी जानु पैसा कसरी जुटाउनु ।”
आर्थिक अभावका कारण खुट्टाको उपचार गर्न नसकिएको उनले बताए ।

इच्छाकामना गाउँपालिका चितवनको पनि विकट भएको र हातिवाङ लगायत ठाउँ झनै विकट भएकोले याहाँका जनताहरुलाई भरतपुरबाट प्रवाह हुने सेवा प्रदान गर्नका लागि एकिकृत घुम्ती शिविर संचालन गरिएको प्रमुख जिल्ला अधिकारी नारायण भट्टले बताए । जग्गा प्रशाससनसंग सम्बन्धीत बाहेक जनतासंग प्रतक्ष्य जोडिएका सेवाहरु यस शिविरबाट प्रवाह गरिएको उनले जानकारी दिए । जग्गा प्रशासनसगं सम्बन्धित सेवाका लागि लामो ढड्डा भिडाउनु पर्ने भएकाले शिविरमा सेवा प्रावह गर्न नसकिएको उनको भनाइ छ ।
अधिकारी भट्टले जनतासंग प्रतक्ष्य जोडिएका विषयवस्तु भएकोले एकिकृत घुम्ती सेवालाई निरन्तरता दिइने जानकारी दिए । गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले जनतालाई प्रतक्ष्य रुपमा एकैपटक धेरै सेवा पु¥याउनका लागि एकिकृत घुम्ति शिविर आयोजना गरिएको बताइन् ।

जनताको नजिकमा सार्वजनिक सेवा हाम्रो अभियन भन्ने नाराका साथ इच्छाकामना गाउँपालिकाले विभिन्न विषयगत संस्थाहरुसंग समन्वय गरेर एकिकृत घुम्ती सेवा संचालन गरिएको हो । एकिकृत घुम्ती सेवामा शुक्रबार पहिलो दिन जिल्ला प्रशासन कार्यालको टोलीबाट १२४ जनाले नागरिकता लिएका छन् । घुम्ति शिविरमा महिला बालबालीका कार्यालयबाट अपांग र जेठ नागरिकलाई परिचयपत्र वितरण, जिल्ला जनस्वास्थ्य कार्यालयबाट डेन्टल, छाला तथा यौन रोग सर्जरी, गाईने, बालरोग, पोषण मानसिक र आखाँको जाँचका साथै निशुल्क औषधी वितरण गरिएको थियो ।

साथै पशुसेवा कार्यालयले औषधी र जिल्ला कृषि विकास कार्यालयले कृषकहरुलाई विउविजन वितरणका साथै परामर्श दिएका थिए । शुक्रबार पहिलो दिन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङ, उपाध्यक्ष कृति श्रेष्ठ, इच्छाकामना गाउापालिकाका प्रशासकीय अधिकृत नरहरी सापकोटा विषयगत संस्थाका प्रमुख लगायतको पनि उपस्थित रहको थियो । शिविर शनिवार सम्म चल्नेछ ।


प्रतिक्रिया दिनुहोस्