म अझै पनि १५ वर्ष मर्दिन :प्रधानमन्त्री

काठमाडौं भदौ ४ / प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष बाँच्ने बताएको छ । गृहमन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ‘केहीले मरिहालोस् भनेका छन् तर अझै म १५ वर्ष बाँच्छु। म उपचारका लागि जान लागेको हो। तर अहिले म बिरामी होइन, १५ वर्षअघि बिरामी भएको हुँ।

फाईल तस्विर

आफू भोलि सिंगापुर जान लागेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ुम भोलि सिंगापुर जाँदैछु। केही मान्छेले यो मरिहालोस् भनेका छन् । तर म अहिले मर्दिनँ। अर्को चुनावमा आफ्नो अस्तित्व रक्षाका लागि ढुक्क भएर तयारी भएर बसे हुन्छ।


प्रतिक्रिया दिनुहोस्