मिनी ट्रक दुर्घटना हुँदा सिन्धुपाल्चोकमा ३ को मृत्यु

४ फागुन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा ४ ख २८१२ नम्बरको मिनी ट्रक बाह्रबिसे(कोदारी सडकखण्डको बोर्डल्याण्ड नजिकै दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ट्रक चालक बाह्रबिसे नगरपालिका(८ निबासी शेखर अधिकारी, सोही वडाका सुब्बा अधिकारी र कमल अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

गाडी सडकबाट १६० मिटर तल भोटेकोसी नदीमा खसेको थियो ।


प्रतिक्रिया दिनुहोस्