चिनियाँ लगानीको बिजुली भारतले नकिन्ने

काठमाडौं, २४ चैत /  नागरिक दैनिकका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएकै दिन भारतीय पत्र पत्रिकाहरुले चीनले नेपालमा बाँध बनाएर उत्पादन गर्ने बिजुली भारतले नकिन्ने खबर लेखेका छन् । शुक्रबार इन्डियन एक्सप्रेसले चीनले नेपालमा जलविद्युत आयोजनाको बाँध बनाएमा यस्तो आयोजनाको बिजुली भारतले किन्न नसक्ने खबर प्रकाशित गरेको छ ।

इन्डियन एक्सप्रेसले प्रधानमन्त्री ओलीको तस्बिरसहितको समाचार प्रथम पृष्ठमा प्रकाशित गरेको छ । । इन्डियन एक्सप्रेसले इफ चाइना बुल्ड युअर ड्याम, यन्डिया उड नट बाई इनर्जी शीर्षक दिएर एक कोलमको खबर प्रकाशित गरेको छ । । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी ओलीसँगको भेटमा आयोजना निर्माणका लागि चीनलाई बाँध बनाउन दिनसक्ने तर त्यस्तो आयोजनाबाट उत्पादन हुने बिजुली भारतले किन्न नसक्ने बताउने अपेक्षा गरिएको खबरमा प्रकाशित छ ।

बूढीगण्डकी जलविद्युत आयोजना निर्माणमा दिल्ली र बेइजिङको तानातानको विषय पनि खबरमा प्रकाशित छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उक्त आयोजना चीनको गेजुवालाई दिने निर्णय भएको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सो निर्णय रद्द गरिएको पत्र-पत्रिकाहरुले प्रकाशित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्