महिनावारी हुनुपूर्व किन दुख्छ स्तन ?

काठमाण्डौँ, २४ चैत / महिनावारी हुँदा महिलाले रक्तश्रावका साथै अन्य पीडा पनि सहनुपर्ने हुन्छ । केही महिलामा महिनावारीपूर्व स्तन सुन्निने र दुखाईको समस्या हुने गर्दछ ।
थुप्रै महिलाले यतिबेला स्तनमा गाँठो जस्तो पनि महसुस गर्दछन् । हुन त स्तनमा कुनै पनि प्रकारको गाँठो देखिनु क्यान्सरको मुख्य लक्षण हो तर यस विषयमा यो क्यान्सरको लक्षण नभई कुनै अन्य कारणले हुने गर्दछ । साइक्लिकल मेस्टाल्जियाः महिनावारीपूर्व स्तन सुन्निने र दुखाई हुने समस्यालाई मेडिकल भाषामा साइक्लिकल मेस्टाल्जिया भनिन्छ । यसमा महिनावारीपूर्व स्तनमा पीडा र गाँठोजस्तो महसुस हुन्छ र रक्तश्राव सुरु हुन थालेपछि यो समस्या आफैं समाधान पनि हुन्छ ।


धेरैजसो महिलाको महिनावारी साधारणतया २८ दिनको अन्तरालमा हुने गर्दछ र एक चक्रको अन्तरालमा नै शरिरमा थुप्रै प्रकारको हर्मोनल परिवर्तन हुने गर्दछ । महिनावारी हुने ठिक एक हप्ता पहिले शरिरमा प्रोजेस्टेरोनको स्तरमा वृद्धि हुने गर्दछ जसका कारण स्तन सुन्निने गर्दछ । त्यसरी नै मासिक धर्मको १४–२८ का बिच शरिरमा एस्ट्रोजनको स्तर वृद्धि हुने गर्दछ जसका कारण स्तनको आकार पनि बढ्न थाल्छ र पीडा महसुस हुन थाल्छ ।


प्रतिक्रिया दिनुहोस्