प्रम ओलीलाई सम्मान गारत

नयाँ दिल्ली, २४ चैत / भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशबीचको मित्रवत् सम्बन्ध जनचाहनानुसार अगाडि बढ्ने बताउनुभएको छ ।

तस्वीर: रमेश लम्साल

आफ्नो सम्मानमा भारतले दिएको सम्मान गारत सम्पन्न भएलगत्तै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस क्षेत्रको गरिबी निवारणमा मिलेर काम गर्नुपर्ने बताउनुभयो । जनताको जीवनस्तर उकास्नका लागि मिलेर काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकार र जनस्तरमा विद्यमान दुई देशबीचको मित्रवत् सम्बन्ध विकास र विस्तारमा योगदान पु¥याउन आफू भारत भ्रमणमा आएको बताउनुभयो ।

तस्वीर: रमेश लम्साल

भ्रमणका अवसरमा भारत सरकार र निजी क्षेत्रसँग छलफल भइरहेको बताउँदै उहाँले आफ्नो भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारका तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान दिइएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीलाई उहाँका समकक्षी नरेन्द्र मोदीले स्वागत गर्नुभएको थियो । सो अवसरमा नेपाल र भारतका राष्ट्रिय धून बजाइएका थिए रासस

तस्वीर: रमेश लम्साल

प्रतिक्रिया दिनुहोस्