पशुपतिमा आरती अघि राष्ट्रिय गीत,

काठमाडौं भदौ १३ / पशुपतिमा अब हरेक दिन राष्ट्रिय गीत बज्ने भएको छ। संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा साँझपख हुने आरती भन्दा अगाडि अनिर्वाय राष्ट्रिय गीत बजाउने व्यवस्था मिलाउन पशुपती क्षेत्र विकासलाई निर्देशन दिएका थिए।

सोही अनुसार आज साँझको आरती अगाडि राष्ट्रिय गीत बजाइने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिएका छन्। उनले भने ‘यस अघि नै भएको छलफलमा आरती गर्ने ठाउँ नजिक नेपालको राष्ट्रिय झण्डा राखिसकिएको र आजैबाट राष्ट्रिय गित बज्ने छ।’ त्यस्तै १५ दिन भित्र आरतीको प्रत्यक्ष प्रशारण गरिने मन्त्री भट्टराईका प्रेस संयोजक प्रेम गुरागाइँले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्