सवारी दुर्घटनामा परी अमेरिकामा तीन नेपालीको मृत्यु

मिजुरी अमेरिका भदौ १९ / अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा परी तीन नेपालीको मृत्यु भएको छ। स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्।

घटनामा श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षीय छोरी घाइते भएका छन्। प्रभासको अवस्था स्थिर छ भने बालिका अवस्था चिन्ताजनक रहेको छ।

मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक बत्तीमा रोकिएको उनीहरू सवार टोयोटा आरएभी ४ लाई पछाडिबाट सोही दिशामा गइरहेको टोयोटाको पिकअप ट्रकले ठक्कर दिंदा दुर्घटना भएको हो।श्रद्धा र प्रभाश अगाडी सिटमा थिए, बाँकी ३ जना पछाडिको सिटमा रहेको स्थानिय जोप्लिन प्रहरीले दताएको छ ।

गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पताल मृत घोषित गरिएका हुन् । ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्