ताप्लेजुङ सरोकार केन्द्रद्वारा १४ औं स्थापना दिवस तथा साधारण सभा सम्पन्न

काठमाडौं भदौ २० / ताप्लेजुङ सरोकार केन्द्रले आफ्नो १४ औं स्थापना दिवस तथा साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार काठमाडौको बागबजार स्थित हार्दिक होटेलमा नागरिक उड्डयन तथा पर्यटन मन्त्री योगेश कुमार भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा पर्यटन मन्त्री योगेश कुमार भट्टराईलाई सम्मान गरेको छ ।

त्यस्तै स्थापना दिवसको अवसरमा विश्वको तेस्रो अग्लोे हिमाल कञ्चनजंघा २०१९ मा आरोहण गर्ने ६८ जना नेपाली तथा विदेशी समेत सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री भट्टराई ले देशमा समृद्धिको लागि विकास आवश्यक भएको बताउदै ताप्लेजुङ लगायत सवै पर्यटकिय क्षेत्रको विकास गर्नु पर्ने धारणा ब्यक्त गर्नुभयो । उहाँले ताप्लेजुङ प्राकृतिक सांस्कृतिक हिसाबले सुन्दर जिल्लाको पूर्वाधार पर्यटनको विकासमा कसरी अगाडी बढाउन सकिन्छ भनेर योजना बनाई रहेको मन्त्री भट्टराईले बताउनुभयो ।

ताप्लेजुङ बहुजातिय बहुसाँस्कृतिक रुपमा रहेको जिल्ला भएकोले जिल्लाको विकासको लागि सबैको सहयोग लिएर अगाडी बढने बताउनुभयो ।पूर्व स्वास्थ्थ मन्त्री तथा सरोकार केन्द्रका संस्थापक अध्यक्ष डा.भरत प्रधानले मन्त्री भट्टराईलाई निष्कलङ्क रहेर देशको विकासमा जुटन सुझाब दिनुभयो । उहाँले कञ्चनजंघा जस्तै कञ्चन रहेर जन्मेको जिल्ला तथा देशको विकासमा जुट्रन आग्रह समेत गनर्स भयो ।

कार्यक्रम संस्थाका अध्यक्ष चित्रगुप्त साँवाको अध्यक्षतामा सम्पन्न भएको थियो भने। उपाध्यक्ष टंक श्रेष्ठले स्वागत गर्नु भएको थियो । उद्घाटन सत्र पछि महासचिब नन्दु बनेको साँगठानिक प्रतिबेदन पेश गर्नु भएको थिए भने कोषाध्यक्ष मिङ्माडण्डु लामाले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।

कार्यक्रममा भने पूर्व मन्त्री, पूर्व साँसद,पूर्व सविच विशिष्ठ ब्यक्तित्वहरु ताप्लेजुङका विभिन्न संघसंस्था राजनीति दलका उपस्थित रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्